016-911003

info@mpmt.org.np

Follow Us

News and Event Details

2025-08-04

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

कर्मचारी आवश्यकता

 मितिः २०८२/०४/१९                                                                                                                                                                                                                                     

 माया – प्रेम स्मृति प्रतिष्ठान गोरखा जिल्लामा दर्ता भएको एक राष्ट्रिय गैरसरकारी संस्था हो । यस सस्थाले गत एक दशक देखि गोरखाको दक्षिणी भेगमा  स्थानीय स्रोत र सीपको उपयोग गदै न्यून आयस्तर भएका  समुदायहरुको  सामाजिक, शैक्षिक र आर्थिक स्तर सुधार गर्ने उदेश्यका साथ  बिभिन्न कार्यक्रम गर्दै आएको छ।

जाईका (JICA)  तथा आम्दा माईन्स, नेपाल AMDA-MINDS Nepal) को आर्थिक सयोगमा माया प्रेम स्मृति प्रतिष्ठानद्वारा गोरखा जिल्लाको गण्डकी र सहिदलखन गाउँपालिकामा "Project for Empowering Small-Holder Farmers' Action" - PESHA"  मिति २०२४ जनवरी २५ देखि २०२७ जनवरी २४ सम्म सन्चालन गर्नको लागि कर्मचारी आवश्यकता परेको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट तल उल्लिखित पदको लागि दरखास्त आवहृान गरिएको छ ।

पद: सामाजिक परिचालक (Social Mobilizer)                                    

आवश्यक संख्या :  १ जना

कार्यक्षेत्र :  शहिद लखन र गण्डकी गाउँपालिका भित्रका वडाहरु र टोलहरु

समय अवधि : ३ महिना परीक्षणकालको साथ सुरुमा एक वर्षको लागि (वार्षिक कार्यसम्पादन मुल्याकनको आधारमा सेवा अवधि थप हुने सम्भावना रहनेछ )

आवश्यक कागजातहरु 

  • स्पष्टसंग पद खुल्ने गरि निवेदन
  • कम्तीमा २ जना सन्दर्भ व्यक्तिहरुको नाम (Reference), ईमेल र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (Bio Data)
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • शैक्षिक प्रमाणपत्र, तालिम तथा कार्य अनुभव पुष्टिहुने प्रमाणपत्रहरुको प्रतिलिपी

      आवेदनका लागि आवश्यक योग्यता, अनुभव M

  • कम्तिमा १२ कक्षा पास गरेको, सो सरह शैक्षिक योग्यता भएको वा कम्तीमा PJTA शैक्षिक योग्यता हासिल   भएको  (परियोजना  सञ्चालन हुने कार्यक्षेत्र ∕वडा भित्रको स्थानीय उम्मेदवार,सम्बन्धित कामको अनुभवी तथा     

       कृषि प्राविधिक बिषय मा शैक्षिक योग्यता हासिल भएको उम्मेदवारलाई बिशेष प्राथमिकता दिईनेछ),

  • उमेर १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको,
  • समुदाय परिचालन, सहजिकरण गर्न सक्ने क्षमता तथा अनुभव भएको
  • समुदाय तहमा तालिम, बैठक गर्न सक्ने
  • क्रियाकलापहरु योजना अनुसार तर्जुमा गर्ने, कार्यान्वयन गर्ने तथा फिल्ड गतिविधिहरुको प्रतिबेदन तथा दस्तावेज   तयार गर्न सक्ने

जिम्मेवारीहरु

  • कार्य योजना अनुसार क्रियाकलापहरु नियमित फिल्डमा गई कार्यान्वयन र सहजीकरण गर्ने ।
  • कफि तथा तरकारी खेती सम्बन्धि अभिमुखिकरण, प्राविधिक सहयोग प्रदान गर्ने र अनुगमन गर्ने ।
  • समुदायमा विभिन्न तालिम, गोष्ठिहरु संचालन गर्ने तथा ब्यवस्थापन गर्ने
  • स्थानीय तहहरु तथा सरोकारवालाहरुसंग सस्थाको तर्फवाट समन्वय गर्दै कार्यक्रम गर्ने ।
  • कार्यक्रम बाट हासिल भएका उपलब्धिहरु संस्थालाई नियमित रुपमा निर्धारित ढाचाँमा पेश गर्ने ।
  • अन्य संस्थागत कार्यहरु निर्देशन अनुरुप गर्ने ।

मुख्य जिम्मेवारीहरूको विवरण यस लिकंमा राखिएको छ ।

 https://drive.google.com/file/d/1dy-WDKXmzSQnLpnYypRY2FYAco5haFp5/view?usp=drive_link

 

निवेदन पेश गर्ने ठेगाना 

  • इमेलः mpmttrust@gmail.com वा माया–प्रेम स्मृति प्रतिष्ठानको कार्यालय, गण्डकी गा.पा. वडा  नं.२,(बतासे),गोरखामा अफिस समय भित्र निवेदन पेश गर्ने। 

छनौट प्रक्रिया

  • निवेदन , शैक्षिक योग्यता, तालिमहरु तथा अनुभवहरुको को आधारमा प्रारम्भिक छनौटमा (Short List) परेका उम्मेद्वारहरुलाई मात्र अन्य छनौट (अन्तरबार्ता, लिखित )प्रक्रियाको लागि सम्पर्क तथा समावेश गराइनेछ ।

सेवा सुविधा: संस्थाको नियमानुसार 

जिम्मेवारीहरु तथा अन्य विस्तृत जानकारीको लागि https://mpmt.org.np/news-events मा हेर्नुहोला वा माया–प्रेम स्मृति  प्रतिष्ठानको कार्यालय, गण्डकी गा.पा. वडा नं.२,(बतासे),गोरखामा अफिसमा सम्पर्क गर्नुहोला ।    

निवेदन पेश गर्ने अन्तिम मिति – २०८२/०४/२५ (कार्यालय समय भित्र)

नोटः कर्मचारी छनौट सम्बन्धमा कोही उम्मेदवारको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट मा संस्थाको  कर्मचारी छनोट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

 

Recent News and Events

Contact Us Now for Quick Assistance

016-911003

Get in touch

If you would like to get in touch, please fill out the form.

About Us

The Maya-Prem Memorial Trust is a dedicated non-profit organization committed to uplifting and empowering underprivileged communities through targeted initiatives in education, healthcare, and social welfare. Established in honor of Maya-Prem, whose life was marked by compassion and service to others, the Trust seeks to continue her legacy by making a meaningful impact on the lives of those in need.

News & Events

Contact Us

  • Phone: 016-911003
  • Email: info@mpmt.org.np
  • Address: Gandaki Rural Municipality-2, Batase,
    Gorkha, Nepal

© Copyright 2026 MPMT. All Rights Reserved.

Designed by Bitmap I.T. Solution Pvt. Ltd.