9707153040

info@mpmt.org.np

Follow Us

News and Event Details

2025-08-04

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

कर्मचारी आवश्यकता

 मितिः २०८२/०४/१९                                                                                                                                                                                                                                     

 माया – प्रेम स्मृति प्रतिष्ठान गोरखा जिल्लामा दर्ता भएको एक राष्ट्रिय गैरसरकारी संस्था हो । यस सस्थाले गत एक दशक देखि गोरखाको दक्षिणी भेगमा  स्थानीय स्रोत र सीपको उपयोग गदै न्यून आयस्तर भएका  समुदायहरुको  सामाजिक, शैक्षिक र आर्थिक स्तर सुधार गर्ने उदेश्यका साथ  बिभिन्न कार्यक्रम गर्दै आएको छ।

जाईका (JICA)  तथा आम्दा माईन्स, नेपाल AMDA-MINDS Nepal) को आर्थिक सयोगमा माया प्रेम स्मृति प्रतिष्ठानद्वारा गोरखा जिल्लाको गण्डकी र सहिदलखन गाउँपालिकामा "Project for Empowering Small-Holder Farmers' Action" - PESHA"  मिति २०२४ जनवरी २५ देखि २०२७ जनवरी २४ सम्म सन्चालन गर्नको लागि कर्मचारी आवश्यकता परेको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट तल उल्लिखित पदको लागि दरखास्त आवहृान गरिएको छ ।

पद: सामाजिक परिचालक (Social Mobilizer)                                    

आवश्यक संख्या :  १ जना

कार्यक्षेत्र :  शहिद लखन र गण्डकी गाउँपालिका भित्रका वडाहरु र टोलहरु

समय अवधि : ३ महिना परीक्षणकालको साथ सुरुमा एक वर्षको लागि (वार्षिक कार्यसम्पादन मुल्याकनको आधारमा सेवा अवधि थप हुने सम्भावना रहनेछ )

आवश्यक कागजातहरु 

  • स्पष्टसंग पद खुल्ने गरि निवेदन
  • कम्तीमा २ जना सन्दर्भ व्यक्तिहरुको नाम (Reference), ईमेल र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (Bio Data)
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • शैक्षिक प्रमाणपत्र, तालिम तथा कार्य अनुभव पुष्टिहुने प्रमाणपत्रहरुको प्रतिलिपी

      आवेदनका लागि आवश्यक योग्यता, अनुभव M

  • कम्तिमा १२ कक्षा पास गरेको, सो सरह शैक्षिक योग्यता भएको वा कम्तीमा PJTA शैक्षिक योग्यता हासिल   भएको  (परियोजना  सञ्चालन हुने कार्यक्षेत्र ∕वडा भित्रको स्थानीय उम्मेदवार,सम्बन्धित कामको अनुभवी तथा     

       कृषि प्राविधिक बिषय मा शैक्षिक योग्यता हासिल भएको उम्मेदवारलाई बिशेष प्राथमिकता दिईनेछ),

  • उमेर १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको,
  • समुदाय परिचालन, सहजिकरण गर्न सक्ने क्षमता तथा अनुभव भएको
  • समुदाय तहमा तालिम, बैठक गर्न सक्ने
  • क्रियाकलापहरु योजना अनुसार तर्जुमा गर्ने, कार्यान्वयन गर्ने तथा फिल्ड गतिविधिहरुको प्रतिबेदन तथा दस्तावेज   तयार गर्न सक्ने

जिम्मेवारीहरु

  • कार्य योजना अनुसार क्रियाकलापहरु नियमित फिल्डमा गई कार्यान्वयन र सहजीकरण गर्ने ।
  • कफि तथा तरकारी खेती सम्बन्धि अभिमुखिकरण, प्राविधिक सहयोग प्रदान गर्ने र अनुगमन गर्ने ।
  • समुदायमा विभिन्न तालिम, गोष्ठिहरु संचालन गर्ने तथा ब्यवस्थापन गर्ने
  • स्थानीय तहहरु तथा सरोकारवालाहरुसंग सस्थाको तर्फवाट समन्वय गर्दै कार्यक्रम गर्ने ।
  • कार्यक्रम बाट हासिल भएका उपलब्धिहरु संस्थालाई नियमित रुपमा निर्धारित ढाचाँमा पेश गर्ने ।
  • अन्य संस्थागत कार्यहरु निर्देशन अनुरुप गर्ने ।

मुख्य जिम्मेवारीहरूको विवरण यस लिकंमा राखिएको छ ।

 https://drive.google.com/file/d/1dy-WDKXmzSQnLpnYypRY2FYAco5haFp5/view?usp=drive_link

 

निवेदन पेश गर्ने ठेगाना 

  • इमेलः mpmttrust@gmail.com वा माया–प्रेम स्मृति प्रतिष्ठानको कार्यालय, गण्डकी गा.पा. वडा  नं.२,(बतासे),गोरखामा अफिस समय भित्र निवेदन पेश गर्ने। 

छनौट प्रक्रिया

  • निवेदन , शैक्षिक योग्यता, तालिमहरु तथा अनुभवहरुको को आधारमा प्रारम्भिक छनौटमा (Short List) परेका उम्मेद्वारहरुलाई मात्र अन्य छनौट (अन्तरबार्ता, लिखित )प्रक्रियाको लागि सम्पर्क तथा समावेश गराइनेछ ।

सेवा सुविधा: संस्थाको नियमानुसार 

जिम्मेवारीहरु तथा अन्य विस्तृत जानकारीको लागि https://mpmt.org.np/news-events मा हेर्नुहोला वा माया–प्रेम स्मृति  प्रतिष्ठानको कार्यालय, गण्डकी गा.पा. वडा नं.२,(बतासे),गोरखामा अफिसमा सम्पर्क गर्नुहोला ।    

निवेदन पेश गर्ने अन्तिम मिति – २०८२/०४/२५ (कार्यालय समय भित्र)

नोटः कर्मचारी छनौट सम्बन्धमा कोही उम्मेदवारको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट मा संस्थाको  कर्मचारी छनोट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

 

Recent News and Events

Contact Us Now for Quick Assistance

9707153040

Get in touch

If you would like to get in touch, please fill out the form.

About Us

The Maya-Prem Memorial Trust is a dedicated non-profit organization committed to uplifting and empowering underprivileged communities through targeted initiatives in education, healthcare, and social welfare. Established in honor of Maya-Prem, whose life was marked by compassion and service to others, the Trust seeks to continue her legacy by making a meaningful impact on the lives of those in need.

News & Events

Contact Us

  • Phone: 9707153040
  • Email: info@mpmt.org.np
  • Address: Gandaki Rural Municipality-2, Batase,
    Gorkha, Nepal

© Copyright 2026 MPMT. All Rights Reserved.

Designed by Bitmap I.T. Solution Pvt. Ltd.