016-911003

info@mpmt.org.np

Follow Us

News and Event Details

2025-08-01

तालिम कार्यक्रम सम्बन्धि सूचना (पेशा परियोजना अन्तर्गत जापानमा तालिमको लागि आवेदन आहवान)

तालिम कार्यक्रम सम्बन्धी सूचना

(पेशा परियोजना अन्तर्गत जापानमा तालिमको लागि आवेदन आह्वान)

सूचना मिति :  २०८२ श्रावण १६

   माया–प्रेम स्मृति प्रतिष्ठानले गोरखा जिल्लाको गण्डकी र शहीद लखन गाउँपालिकामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) तथा AMDA-MINDS नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित पेशा परियोजना (PESHA Project) (२५ जनवरी २०२४ देखि २४ जनवरी २०२७ सम्म - ३ बर्षिय परियोजना)  ले करीब ९०० जना  लाभग्राही  (करिब ६०० घरधुरी कफी खेती र ३०० घरधुरी तरकारी खेती विस्तार तथा बजारिकरण  क्रियाकलापहरुमा आबद्ध भई परियोजनाले काम गर्दै आईरहेको छ )  किसानहरूसँग प्रत्यक्ष रुपमा जीविकोपार्जन गतिबिधि गर्दै आइरहेको छ। यसै परियोजनाको गतिबिधि अन्तर्गत  कफी तथा तरकारी प्रवर्द्धन अभियानलाई थप सशक्त बनाउदै किसानहरु  तथा सरोकारवालाहरुको  क्षमता र अनुभब अभिवृद्धि गर्ने हेतुले JICA तथा AMDA-MINDS नेपालको सहयोग अन्तर्गत नोभेम्बर २०२५ मा जापानमा तालिम कार्यक्रम आयोजना हुन लागि रहेको जानकारी गराइन्छ। उक्त तालिमका लागि इच्छुक तथा योग्य व्यक्तिहरूलाई तल उल्लेख गरिएको मापदण्ड पालना गरि आवेदन दिनुहुन अनुरोध गरिन्छ।

 

सहभागीको विवरण:

तालिममा गण्डकी र शहीद लखन गाउँपालिकाबाट करिब ४ जना सहभागी  रहनेछन्, यस बाहेक प्रत्येक पालिकाबाट एक/एक जना जनप्रतिनिधि समावेश हुनेछन्। (सहभागी किसानहरूको संख्या JICA को कार्यादेश (Terms of Reference) अनुसार स्रोत उपलब्धताको आधारमा निर्धारण गरिनेछ )

आवेदन दिन सक्ने आवेदक :

  • गण्डकी वा शहीद लखन गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्दै निरन्तर गाउँमा बसी कफी तथा तरकारी  खेति गरिरहेको  पेशा परियोजनाको लाभग्राही किसान । (कफी  तथा तरकारी खेति गरिरहेको किसान लाई प्राथामिकता प्रदान गरिने छ )

योग्यता,अनुभव र उमेर:

  • सामान्य नेपाली तथा अंग्रेजी लेखपढ गर्न सक्ने, कफी  तथा तरकारी खेतिमा  अनुभब , मूल्य श्रृंखला (Value Chain) को बारेमा  ज्ञान भएको ।
  • समुदाय र  समुह परिचालन तथा सहजिकरण गर्न सक्ने क्षमता भएको ।
  • समुदाय, समूह, सहकारी तथा सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने ।
  • १८ वर्ष पूरा भई ५९ वर्ष ननाघेको ।

छनोट प्रक्रिया:

  • पेश गरेको आवेदन,पेश गरिएको कागजातपत्रहरू, शैक्षिक योग्यता तथा तालिमहरुको प्रमाण पत्र को प्रतिलिपि, यस सूचनामा तोकेको मापदण्डहरु, JICA को कार्यादेश  अनुसार  मुल्यांकनको आधारमा छोटो सूची तयार (Short Listing)  गर्ने ।
  • छोटो सूची (Short List) मा  परेका उम्मेदारहरुलाई मात्र अन्य  तल उल्लेख गरिएको छनौट प्रक्रियाको लागि सम्पर्क तथा समावेश  गरि प्रक्रिया अगाडी बढाईनेछ ।
  • हाल कफी तथा तरकारी खेति गरिरहेको बगैचाको स्थलगत फिल्ड अवलोकन ।
  • आवेदक को बारेमा समुदायका किसान तथा अन्य व्यक्तिहरूसँग सन्दर्भ जाँच (Reference Check) ।
  • अन्तर्वार्ता ( मौखिक, लिखित वा व्यवहारिक सिप तथा ज्ञान परीक्षण) ।

 

  • आवेदनको लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरू (Documents Required for Application)
    आवेदन पत्र
    : जसमा निम्न विषयवस्तु स्पष्ट रूपमा समेटिएको हुनुपर्नेछ तथा अन्य तपाईको सबल पक्षलाई  समेत समाबेश गर्न सक्नुहुन्छ ।
    • हालको कफी तथा तरकारी खेतीको अवस्था र उपलब्धि बारे
    • यस तालिम कार्यक्रममा सहभागी हुन चाहनुको कारण
    • यदि यो तालिम अवसर पाएमा तपाईले तालिमबाट प्राप्त ज्ञान र सीप अरु समुदाय तथा अन्य किसानहरुलाई कसरि साट्नु हुन्छ यसले अन्य किसानलाई कसरि सहयोग, फाईदा पुर्याउन सक्नु हुन्छ
    • तपाईको कफी तथा तरकारी खेति बारे भविष्यको योजनाहरू तथा लक्ष्यहरु
  • नेपाली नागरिकताको प्रतिलिपि (यदि नागरिकतामा जन्म मिति उल्लेख नभएमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, जन्म मिति खुलाएको) ।
  • शैक्षिक, तालिम, सामुदायिक कार्य वा कृषि क्षेत्रसम्बन्धी अनुभव पुष्टि गर्ने अन्य प्रमाणपत्रहरूको प्रतिलिपि ।
  • राहदानीको प्रतिलिपि (राहदानी लिएको भए मात्र पेश गर्ने) ।

निवेदन पेश गर्ने अन्तिम मिति : २०८२ श्रावण २३ ( साझ ५ :०० बजे सम्म )

आवेदन बुझाउने ठेगाना: माया–प्रेम स्मृति प्रतिष्ठानको कार्यालय, गण्डकी गापा २,बतासे, गोरखा          

नोट: छनोट प्रक्रिया मा JICA को TOR तथा छनोट समिति द्वारा तोकिएको मापदण्डहरूको पूर्णपालना गरिनेछ। छनौट सम्बन्धमा कोही आवेदकको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त आवेदकले पठाएको  आबेदन स्वत։ अमान्य /रद्द हुनेछ ।  छनौट  प्रक्रियामा संस्थाको  निर्णय नै अन्तिम निर्णय हुनेछ । यस तालिमले तपाईको व्यक्तिगत र समुदाय विकासमा महत्वपूर्ण हुने विश्वास लिइएको छ।

Recent News and Events

Contact Us Now for Quick Assistance

016-911003

Get in touch

If you would like to get in touch, please fill out the form.

About Us

The Maya-Prem Memorial Trust is a dedicated non-profit organization committed to uplifting and empowering underprivileged communities through targeted initiatives in education, healthcare, and social welfare. Established in honor of Maya-Prem, whose life was marked by compassion and service to others, the Trust seeks to continue her legacy by making a meaningful impact on the lives of those in need.

News & Events

Contact Us

  • Phone: 016-911003
  • Email: info@mpmt.org.np
  • Address: Gandaki Rural Municipality-2, Batase,
    Gorkha, Nepal

© Copyright 2026 MPMT. All Rights Reserved.

Designed by Bitmap I.T. Solution Pvt. Ltd.